२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापान सरकारबाट ३० अर्ब ८ करोड रुपैयाँ सहयोग प्राप्त गर्ने निर्णय भएको जानकारी दिएका छन्।
सरकारले जापान सरकारबाट प्राप्त ३० अर्ब ८ करोड सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। त्यसैगरी थाइल्यान्डको बैंककमा भदौ १७ र १८ गते हुने हुने विश्व वित्तीय संरचनासम्बन्धी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उनले बताए।
मन्त्रिपरिषद्ले बालश्रम(निषेध तथा नियमित गर्ने) विधेयक २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, मालपोत (आठौं संशोधन) नियमावली स्वीकृत गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij