Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सेयर बजारसँगै घट्यो कारोबार रकम

सेयर बजारसँगै घट्यो कारोबार रकम


  • 260
    Shares

    सेयर बजारसँगै घट्यो कारोबार रकम

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.७० अंकले घटेर २,७६७ को विन्दुमा कायम भएको छ । 

    आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज होटल तथा पर्यटन र म्युचुअल फन्ड मात्रै वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु घटेको छ।

    4 share.JPG

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १५:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij