Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो


  • 596
    Shares

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

    काठमाडौं । विषाक्त मदिरा सेवन गर्दा कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ । 

    नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो  भने मृत्यु भएका बाँकी श्रमिकको शव पठाउने प्रक्रिया चलिरहेको बताएका छन् । अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा रहेका छन् । 

    आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यहाँ नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका थिए ।   कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ । 

     

     

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १४:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij