Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बाँदरको आक्रमणबाट ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु

बाँदरको आक्रमणबाट ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु


  • 575
    Shares

    बाँदरको आक्रमणबाट ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु

    काठमाडौं । नुवाकोटको कविलासमा बाँदरको आक्रमणबाट एक जना किसानको ज्यान गएको छ । बाँदरको आक्रमणबाट अचेत भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

    पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 
     
    बारी पसेको बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या( २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिएका छन् । 


    उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १२:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij