Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यी हुन् उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तह, संघीय सरकारले सम्मान गर्ने

यी हुन् उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तह, संघीय सरकारले सम्मान गर्ने


  • 561
    Shares

    यी हुन् उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तह, संघीय सरकारले सम्मान गर्ने

    काठमाडौं ।  संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते आर्थिक वर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो।

    ‘गाउँपालिकारनगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रियाका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आर्थिक वर्ष २०८०\८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । 

    गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको छ ।

    यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाउापालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको छ।

    राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १०:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij