Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री ओलीले भने– म त पद छोड्न तयार नै छु, युवाहरू तयार हुनुपर्‍यो नि

प्रधानमन्त्री ओलीले भने– म त पद छोड्न तयार नै छु, युवाहरू तयार हुनुपर्‍यो नि


  • 540
    Shares

    प्रधानमन्त्री ओलीले भने– म त पद छोड्न तयार नै छु, युवाहरू तयार हुनुपर्‍यो नि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।

    ‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? ,’ प्रधानमन्त्री ओलीले भने, ‘म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरूलाई ।’

    प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताए ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १८:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij