२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रजनन उपचारको क्षेत्रमा काम गर्दै आएको वात्सल्य क्लिनिकले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ भन्ने नारासहित सुरु गरिएको अफरअन्तर्गत पहिलो आईभीएफ चक्रमा गर्भधारण हुन नसकेमा, र सोही चक्रबाट स्वस्थ भ्रूण बाँकी रहेमा, दोस्रो आईभीएफ चक्र निःशुल्क उपलब्ध गराइनेछ।
वात्सल्य क्लिनिकले अहिलेसम्म ७० प्रतिशतभन्दा बढी आईभीएफ सफलता दर हासिल गर्दै ९,००० भन्दा बढी दम्पतीलाई सन्तान सुख प्रदान गरिसकेको कम्पनीको दाबी छ। वार्षिकोत्सवमा ल्याइएको यो योजना, परिवार विस्तारको सपना बोकेका दम्पतीका लागि थप अवसरका रूपमा आएको क्लिनिकले जानकारी दिएको छ ।
यो अफर सीमित अवधिसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुकले नजिकको वात्सल्य क्लिनिकमा सम्पर्क गर्न वा सिधै ०१–५९७०६११ मा फोन गर्न सक्नेछन्। साथै थप जानकारीका लागि क्लिनिकको आधिकारिक वेबसाइट www.vatsalya.com.np मा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij