Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गरे माइतीघरमा विराेध प्रदर्शन

जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गरे माइतीघरमा विराेध प्रदर्शन


  • 911
    Shares

    जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गरे माइतीघरमा विराेध प्रदर्शन

    काठमाडौं । जसपा नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले नेपाल गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेश विरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

    भूमि अध्यादेशमा जसपा नेपालले संसद्‌मा समर्थन नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत मार्फत षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमाको आरोप लगाइएको भन्दै मंगलबार माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । 

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले परमादेश जारी भएपछि त्यसको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझदेखि नै विरोध प्रदर्शन थालेका हुन् ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १८:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij