Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लयमा फर्कन सकेन म्याग्दीको पर्यटन

लयमा फर्कन सकेन म्याग्दीको पर्यटन


  • 309
    Shares

    लयमा फर्कन सकेन म्याग्दीको पर्यटन

    काठमाडौं । कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन । 

    कोरोना महामारी सुरु हुनुअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आव २०८१\८२ मा ३० हजार आठ सय ६५ जना पर्यटकले म्याग्दीका पर्यटकीयस्थलको अवलोकन गरेका छन् । 

    आर्थिक वर्ष २०८०\८१ मा ३१ हजार तीन सय ३४ र आव २०७९\८० मा २९ हजार तीन सय २८ तथा आव २०७८\७९ मा सात हजार नौ सय २६  विदेशी पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । छिमेकी जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन ।

    धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् । 

    म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी र पुनहिल क्षेत्र पर्ने गरेको छ । घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले पर्यटक आगमन अपेक्षाकृत नभएको बताइन् । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु तथा भएका पर्यटकीयस्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको उनको भनाइ छ । 

    आव २०७६\७७ मा ५० हजार, आव २०७५\७६ मा ७५ हजार एक सय ९१, आव २०७४\७५ मा ७४ हजार सात सय ३३, आव २०७३\७४ मा ६९ हजार आठ सय ३७ तथा आव २०७२\७३ मा ४३ हजार छ सय ३२ विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए ।  

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १५:१८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij