Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

दुई दिने नेपाल भ्रमण सकाएर फर्किए भारतीय विदेश सचिव मिस्री

दुई दिने नेपाल भ्रमण सकाएर फर्किए भारतीय विदेश सचिव मिस्री


  • 1.2K
    Shares

    दुई दिने नेपाल भ्रमण सकाएर फर्किए भारतीय विदेश सचिव मिस्री

     काठमाडौं । दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेश विक्रम मिस्री स्वदेश फर्किएका छन्।

    भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका थिए। मिस्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग पनि भेटघाट गरेका थिए। भेटमा उनले भारतको नेतृत्वको शुभकामना व्यक्त गर्नुका साथै दुई देशबिचका पारस्परिक लाभका द्विपक्षीय सहकार्यमा भएको प्रगतिबारे जानकारी गराएका थिए।

    विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा समेत हस्तान्तरण गरेका छन्। दुवै देशका परराष्ट्र सचिवबिच द्विपक्षीय सहकार्यका विभिन्न पहलमा भएको प्रगतिबारे समीक्षा तथा प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणका सम्भावित एजेन्डामाथि पनि छलफल भएको जनाइएको छ।

    यसैबिच, विदेश सचिव मिस्रीले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भेटी नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल , क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य जनावर हस्तान्तरण गरेका छन्।

    भारतले नेपाललाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदारका रूपमा राखिएको उल्लेख गर्दै, यस पटकको भ्रमणले दुई देशबिचको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिएको र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाएको जनाइएको छ।

     

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १८:१०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij