२०८२ माघ १४ गते बुधवार
काठमाडौं । वालिङको द्वारभञ्ज्याङमा एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन्। तेह्र वर्षीय निशान थापा आफ्नै घरको बाकसमा मृत भेटिएको बताइएको हो।
आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए। घरमा उनकी बहिनी मात्रै थिइन्। उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन्। खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो।
घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिएका छन्। शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ।
विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरी भनाइ रहेको छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij