२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । विद्यालय शिक्षा विधेयक भदौ ६ गतेको संसद् बैठकमा पेस गर्ने तयारी भएको छ । विधेयकको प्रतिवेदन भदौ ५ गते प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिको बैठकबाट पारित गरेर विधेयक भदौ ६ गतेको बैठकमा पेस गर्नेगरी तयारी भएको हो ।
सोमबार बसेको समिति बैठकले प्रतिवेदन पारित गर्नका लागि भदौ ५ गते ८ बजेका लागि बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
बैठकमा शिक्षमन्त्री रघुजी पन्तसहितका सरकारी अधिकारीहरुसँग समितिले छलफल गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij