Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन


  • 337
    Shares

    प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

     काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् ।

    सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका पठाएका हुन् । संसद् सचिवालयका अनुुसार सबै दलका संसदीय कार्यालयहरूमा पठाइएको छ । प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलका संसदीय दलको कार्यालय रहेका छन् ।

    कुलिङ अफ पिरियडको गडबडीसँग सम्बन्धित यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सच‍िवालयमा समेत कार्यान्वयनका लागि पठाइएको छ ।

    कुलिङ अफ पिरियडको प्रावधान गडबडीमा संसदीय छानबिन विशेष समितिले प्रत्यक्ष जिम्मेवारका रुपमा औंल्याएका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् ।

    नैतिक र राजनीतिक प्रश्न उठेपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । राज्य व्यवस्था तथा सशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको जिम्मेवारीबाट हटेका छन् ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - ११:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij