२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब साढे २ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले साउनमा ४५ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले दाबीको २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ।
साउनको कुल दाबी भुक्तानीमा वैदेशिक रोजगार बीमाको हिस्सा धेरै रहेको छ भने यो बीमाको कम्पनीले १५ दाबीको १ करोड ९४ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।
परम्परागत बीमाको ६ वटा दाबीको कम्पनीले ३१ लाख २५ हजार ५६.०४ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनी म्यादी बीमाको २४ वटा दाबीको १४ लाख ७१ हजार २६४ रुपैयाँ भुक्तानी गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij