Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

लिभ-इन सम्बन्ध महिलाका लागि ठीक होइन, गर्भवती भइन् भने जिम्मा को लिन्छ ?: कंगना रनोट

लिभ-इन सम्बन्ध महिलाका लागि ठीक होइन, गर्भवती भइन् भने जिम्मा को लिन्छ ?: कंगना रनोट


  • 568
    Shares

    लिभ-इन सम्बन्ध महिलाका लागि ठीक होइन, गर्भवती भइन् भने जिम्मा को लिन्छ ?: कंगना रनोट

    मुम्बई । अभिनेत्री तथा भाजपा सांसद कंगना रनोटले लिभ-इन रिलेसनशिप र डेटिङ संस्कृतिको विषयमा आफ्ना विचार सार्वजनिक गरेकी छिन्।

    हाउटरफ्लाइसँगको कुराकानीमा कंगनाले भनिन्, ‘हाम्रो समाजमा विवाह धेरै महत्त्वपूर्ण छ। यसमा पतिले आफ्नी श्रीमतीप्रति वफादार रहने वाचा गर्छन्। आजकल लिभ-इन सम्बन्धको धेरै चर्चा हुन्छ, तर मैले देखेकी छु कि यो महिलाका लागि सही कुरा होइन। यदि महिला गर्भवती भइन् भने, त्यसको जिम्मा को लिन्छ?’

    उनले थपिन्, ‘अदालतले मान्यता दिन्छ वा दिँदैन भन्ने अर्को कुरा हो। धेरैजसो कानुन महिलाको सुरक्षाका लागि बनेका हुन्छन्। तर वैज्ञानिक अध्ययनहरूले देखाउँछन् कि पुरुष र महिला फरक सोच्ने गर्छन्। पुरुषहरू सम्बन्धलाई तोड्न सक्छन्, महिलाहरू प्रायः सक्दैनन्। र विवाहपछि पुरुषहरू विशेष परिवर्तन पनि गर्दैनन्, चाहे उनीहरू पहिले लिभ-इन सम्बन्धमा बसेका किन नहोउन्।’

    डेटिङ एपमा प्रोफाइल बनाउने सोच राख्छिन् कि भनेर सोध्दा कंगनाले भने, ‘मलाई कहिल्यै पनि डेटिङ एपमा जाने इच्छा भएन। यी त हाम्रो समाजको वास्तविक नाली हुन्। सबैलाई आवश्यकताहरू हुन्छन् – आर्थिक, भौतिक वा अन्य। तर प्रश्न के हो भने यो आवश्यकताहरू कसरी पूरा गर्ने – राम्रो तरिकाले वा फोहोर तरिकाले?’

    उनले अझ कडा प्रतिक्रिया दिँदै भनिन्. ‘आजकल डेटिङ गर्नु भनेको हरेक रात कसैलाई खोज्दै बाहिर निस्कनु हो। यो निकै नराम्रो अवस्था हो। डेटिङ संस्कृतिलाई म घृणित कार्य मान्छु र यस्ता मानिसहरूसँग सङ्गत गर्नेबारे कहिल्यै सोच्दिनँ।’

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - ०७:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij