२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७।१४ अंकले घटेर २,७६१ को विन्दुमा कायम भएको छ ।
आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ भने आज दिनभरिमा ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij