२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो सुविधा बढाएको हो।
निकायले सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालगायत बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन्।
यसअघि यस्तो सटही सुविधा ३ लाख अमेरिकी डलर मात्र रहेको थियो । अन्य चाँदी व्यवसायीहरूलाई भने यथावत रूपमा अमेरिकी डलर १ लाख वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा कायम गरिएको छ ।
चाँदीको गरगहना वा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीहरूले भने निर्यात अर्डर प्रमाणित गर्ने कागजातहरू अग्रिम भुक्तानी, प्रतीतपत्र, वा विदेशी खरिद आदेश प्रस्तुत गरेमा त्यसमा उल्लिखित मूल्यसम्म सटही सुविधा सीमा नलाग्ने व्यवस्था गरिएको केन्द्रिय बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij