Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिव श्री हाइड्रोपावरले भदौ १९ बाट शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने

शिव श्री हाइड्रोपावरले भदौ १९ बाट शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने


  • 365
    Shares

    शिव श्री हाइड्रोपावरले भदौ १९ बाट शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने

    काठमाडौं ।  शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन भएको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको छ। यसअनुसार, लगानीकर्ताले अहिले रहेको प्रत्येक १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर प्राप्त गर्न सक्ने छन्। 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुने भएको छ।

    हकप्रद शेयर निष्कासनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको छ। तसर्थ, साउन १५ गतेसम्म नेप्सेमा शेयर खरिद गरी कायम शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्ने भएको छ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १२:५२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij