Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब


  • 715
    Shares

    चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । 

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना वार्षिक लक्ष्यको ५.५६ प्रतिशत आम्दानी र २.३६ प्रतिशत खर्च भएको हो ।

    सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको ६.०९ प्रतिशत र गैरकर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको २.४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ ।

    यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।

    चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जानकारी दिएको छ ।

    यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म ७.२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड खर्च भएको छ ।

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij