Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आइतवार विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

आइतवार विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा


  • 3.7K
    Shares

    आइतवार विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

    पाल्पा । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्राको तयारी पूरा भएको छ । यस वर्ष आइतवार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो ।

    प्रत्येक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ । यस वर्षको  भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए । रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास गरिएको उनले बताए ।

    तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेको किंवदन्ती छ । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले बताए । 

    जात्राका अवसरमा आइतबार प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । विसं २०८१ चैत १४ गते प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - २०:५२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij