Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

उड्ने ट्याक्सी नेपाल आयो, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने

उड्ने ट्याक्सी नेपाल आयो, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने


  • 253
    Shares

    उड्ने ट्याक्सी नेपाल आयो, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने

    नेपालमा उड्ने ट्याक्सीदेख्न पाइने भएको छ। नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको हो।

    यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले जानकारी गराएको छ। यसका साथै  युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ।

    शुरुमा तातोपानी क्षेत्रमा देखिएको प्राकृतिक विपद् र अन्य कारणले यी उच्च प्रविधिहरू नेपाल ल्याउन ढिलाइ भएको थियो ।

    यो नेपालका लागि एउटा ऐतिहासिक क्षण भएको नाडाले जनाएको छ। यी प्रविधिहरू पहिलोपटक नाडा अटो शो २०२५ मा सार्वजनिक रूपमा प्रदर्शन गरिन थालेको हो।

    १७औं संस्करणको यो प्रदर्शनीमा नेपालमा प्रविधिको नयाँ सम्भावनाहरूलाई उजागर गर्ने बताइएको छ। यो भव्य प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

    यस प्रदर्शनीमा सहभागी भएर उड्ने कारको प्रत्यक्ष अनुभव लिन र यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले  आग्रह गरेको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - १५:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij