Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जलिरहेको शवबाट खरानी र मासु चोरी प्रकरण : पक्राउ पर्ने दुवै नाई, एक मुठी खरानी मात्र लगेको बयान

जलिरहेको शवबाट खरानी र मासु चोरी प्रकरण : पक्राउ पर्ने दुवै नाई, एक मुठी खरानी मात्र लगेको बयान


  • 1.6K
    Shares

    जलिरहेको शवबाट खरानी र मासु चोरी प्रकरण : पक्राउ पर्ने दुवै नाई, एक मुठी खरानी मात्र लगेको बयान

    काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गरेको आरोपमा पक्राउ परेका दुईजनाले भगवान शिवको पूजाका निम्ति एकमुठी खरानी मात्रै लगेको प्रहरीलाई बताएका छन् ।

    गत शुक्रवार पशुपति आर्यघाटमा बनेपा- ९ का राम शाहीको जलिरहेको शवबाट खरानी र मासुको टुक्रा चोरी गरेको आरोपमा प्रहरीले काभ्रे, मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनालीलाई पक्राउ गरेको थियोे । उनीहरू प्रहरी बृत्त, गौशालाको हिरासतमा छन् ।

    उनीहरूलाई ५ सय रुपैयाँँ दिएर जलिरहेको शवको अंग खरिद गरेको आरोपमा प्रहरीले बुधबार सर्लाही जिल्लाको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादवलाई पनि पक्राउ गरेको थियोे ।

    उनीहरू कपनको फैकामा कपाल काट्ने सैलुन चलाउँछन् । पेशाले उनीहरू हजाम हुन् । पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको बेला त्यहीँका एक बाबाजीले जलिरहेको मानिसको खरानी ल्याएर भगवान शिवलाई चढाएमा उनीहरूको ग्रहदशा शान्त हुने सुझाव दिएका थिए । सोही सुझावबमोजिम घाटे ब्राह्मणसँग जलिरहेको शवको खरानी मागेका थिए । त्यसक्रममा स्वेच्छाले ५ सय रुपैयाँ दिएर एक मुठी खरानी लगेको उनीहरूले प्रहरीलाई बताएका छन् । लैजानासाथ खरानी पशुपतिनाथ परिसरमा रहेको शिवलिंगमा चढाएको उनीहरूले बताएका छन् ।

    पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप भएको छ । शवको मासु, हड्डीजस्ता अंग लगेको पुष्टि भएका कारण अन्य अभियोग आकर्षित नहुने गौशाला प्रहरीका एक अनुसन्धानकर्मीले बताए । उनीहरूलाई छिट्टै जिल्ला प्रशासन कार्यालयमा पेश गरिने भएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - १५:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij