Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ


  • 757
    Shares

    रवि  लामिछानेलाई  ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

    काठमाडौँ । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही) मा रहेका रवि लामिछानेको अड्डासार हवाई मार्गबाट हुने भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई बुद्ध एअरको विमानबाट काठमाडौँ ल्याइने प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार; लामिछानेलाई विमानमा राखेर भैरहवा विमानस्थलबाट ३ बजेर १० मिनेटमा काठमाडौँतर्फ ल्याइनेछ ।

    दुई महिनाअघि नै रविले अड्डासार निम्ति निवेदन दिएका थिए । उनले नख्खु कारागारमा सरुवा गरिदिन राखेको मागमा अदालतले अनुमति दिएको थियो । तर, सरकार मातहतको गृह प्रशासनले उनको माग सुनुवाई गरेको थिएन ।

    लामिछानेले शुक्रबार कारागार विभागमा दिएको निवेदनका आधारमा सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रकम ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा छन् ।

    रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुग्ने बताइएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०८२ शनिवार - १४:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij