२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले आपूर्ति मूल्य बढाएपछि पेट्रोलको मूल्य वृद्धि गर्नु परेको हो ।
यसअनुसार शुक्रबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ ।
डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij