Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

आइतबार रेसुङ्गामा सार्वजनिक बिदा

आइतबार रेसुङ्गामा सार्वजनिक बिदा


  • 225
    Shares

    आइतबार रेसुङ्गामा सार्वजनिक बिदा

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसर पारेर आइतबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

    नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत यस नगरपालिका अन्तर्गतका सम्पूर्ण निकाय बन्द रहने सूचनामा उल्लेख छ ।

    यसवर्ष पनि आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ । तम्घासमा रोपाईं जात्रा भव्य रूपमा मनाउने परम्परा छ ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १८:४०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij