Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भिजिट भिसामा विदेश जानेहरूको कागजात शङ्कास्पद भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

भिजिट भिसामा विदेश जानेहरूको कागजात शङ्कास्पद भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय


  • 1.3K
    Shares

    भिजिट भिसामा विदेश जानेहरूको कागजात शङ्कास्पद भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्नेहरूको कागजात शङ्कास्पद भेटिएमा त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्णय गरिएको छ ।

    विदेश जान खोज्ने व्यक्ति र कागजातबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाइने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताएका छन् । शङ्कास्पद लाग्नासाथ कागजात, राहदानीसहित प्रहरीकहाँ जिम्मा लगाइने उनले जानकारी दिएका छन् ।

    अध्यागमन विभागका अधिकारीहरूले त्यसबारे नेपाल प्रहरी, नागरिक उड्डन प्राधिकरण, पर्यटन मन्त्रालय र एयरलाइन्स कम्पनीहरूसँग छलफल गरेका छन् । शुक्रबार त्यसबारे औपचारिक निर्णय गरिने महानिर्देशक तिवारीले जानकारी दिएका छन् । उनका अनुसार भिजिट भिसाको नाममा भएको विकृति सुधार्न यस्तो निर्णय लिइएको हो ।

    भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि त्यस्ता कागजातहरू जुटाउन धौधौ पर्छ । 

    विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले बताएका छन् ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १६:१९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij