Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एलआईसी नेपालको नाफामा ३१ करोड ५८ लाख, ईपीएस ५.७४ मा झर्यो

एलआईसी नेपालको नाफामा ३१ करोड ५८ लाख, ईपीएस ५.७४ मा झर्यो


  • 1.3K
    Shares

    एलआईसी नेपालको नाफामा ३१ करोड ५८ लाख,  ईपीएस ५.७४ मा झर्यो

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरणअनुसार कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८२ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा ६१.९२ प्रतिशतले घटेको छ।

    कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ११.४९ प्रतिशतले बढेको छ।

    कम्पनीले १९ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १८ अर्ब १० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.११ प्रतिशतले बढेको छ।

    कम्पनीको शेयर प्रिमियममा ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा शेयर प्रिमियममा ६ करोड ११ लाख रुपैयाँ महाविपत्ति कोषमा ६५ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब १६ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ३६ लाख रुपैयाँ थियो।

    कम्पनीले गत आर्थिक वर्षमा १९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १७ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.१८ प्रतिशतले बढेको छ।

    शेयरपुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ५.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ८.३८ रुपैयाँ थियो। पीई रेसियो १५४.८२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८७.४७ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १४:३०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij