Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, बीमाशुल्क र रिजर्भमा उल्लेखनीय वृद्धि

नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, बीमाशुल्क र रिजर्भमा उल्लेखनीय वृद्धि


  • 869
    Shares

    नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, बीमाशुल्क र रिजर्भमा उल्लेखनीय वृद्धि

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको  वित्तीय विवरण अनुसार कुल बीमाशुल्क आर्जनमा १४.२८% को प्रभावशाली वृद्धि हासिल गरेको छ ।

    २ अर्ब ५१ करोड रुपैयाँ शेयर पूँजी रहेको नेको इन्स्योरेन्सले समीक्षा अवधिसम्म रिटेन्ड अर्निङमा ७५ करोड ५९ लाख रुपैयाँ जम्मा गरेको छ, जुन अघिल्लो वर्षको ५१ करोड ३६ लाख रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो।

    अन्य इक्विटीमा ३२ करोड ७४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २९ करोड २५ लाख र १३ करोड ८२ लाख रुपैयाँबाट बढेको छ।

    कम्पनीले ३ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको २ अर्ब ८७ करोडको तुलनामा १४.२८% ले बढी हो। खुद बीमाशुल्क आर्जन १ अर्ब ६० करोडबाट १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जुन ६.८७% को वृद्धि  छ।

    समीक्षा वर्षमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५९ करोड ५ लाखको तुलनामा सामान्य कमी हो। तथापि, कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ९० पैसा, मूल्य आम्दानी अनुपात ३२.४४ गुणा र प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५५ पैसा रहेको छ।

     

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १३:३३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij