Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेसनल लाइफ इन्स्योरेन्सले कमायो ४१ करोड २८ लाख नाफा, कुल व्यापार पौने २२ अर्ब माथि

नेसनल लाइफ इन्स्योरेन्सले कमायो ४१ करोड २८ लाख नाफा, कुल व्यापार पौने २२ अर्ब माथि


  • 673
    Shares

    नेसनल लाइफ इन्स्योरेन्सले  कमायो  ४१ करोड २८ लाख नाफा, कुल व्यापार पौने २२ अर्ब माथि
    images

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५६.२२ प्रतिशतले घटेको छ।

    कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड १४ लाख रुपैयाँ रहेको छ। 

    समीक्षा वर्षमा कम्पनीले २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० अर्ब ४९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन ६.५० प्रतिशतले बढेको छ।

    कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढेको छ।

    शेयरपुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.९२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.८१ रुपैयाँ थियो। पीई रेसियो ७८.७३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ रहेको छ।

    कम्पनीले गत आर्थिक वर्षमा २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० अर्ब ६ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १३:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij