Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आइएमई लाइफको नाफा सवा ५८ करोड माथि, जीवन बीमा कोषमा ४२.९७% वृद्धि

आइएमई लाइफको नाफा सवा ५८ करोड माथि, जीवन बीमा कोषमा ४२.९७% वृद्धि


  • 1.2K
    Shares

    आइएमई लाइफको नाफा सवा ५८ करोड माथि, जीवन बीमा कोषमा ४२.९७% वृद्धि
    images

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको जीवन बीमा कोष १३ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब १६ करोड ८८ लाख रुपैयाँ थियो।

    आइएमई लाइफले समीक्षा वर्षमा कुल बीमाशुल्क आर्जन ५ अर्ब ६५ करोड २५ लाख रुपैयाँ गरेको छ। अघिल्लो वर्षको तुलनामा १९.२२ प्रतिशतले बढी हो। त्यस्तै, खुद बीमाशुल्क आर्जन ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब ५३ करोड ३२ लाख रुपैयाँको तुलनामा २१.२१ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा वर्षमा ५८ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा नाफा ५.५६ प्रतिशतले केही घटेको छ।

    कम्पनीको शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.६७ रुपैयाँ कायम भएको छ। प्रतिशेयर नेटवर्थ १३८.५८ रुपैयाँ रहेको र पीई रेसियो ३९.६० गुणा रहेको छ।

     

    images
    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १४:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij