Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भक्तपुर जिल्ला अदालतमा चक्रे मिलनको बयान सुरु

भक्तपुर जिल्ला अदालतमा चक्रे मिलनको बयान सुरु


  • 575
    Shares

    भक्तपुर जिल्ला अदालतमा चक्रे मिलनको बयान सुरु

    काठमाडौं । गुन्डा नाइके भनेर चिनिने चक्रे मिलन (मिलन गुरुङ) को मुद्दा जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा बहस सुरु भएको छ । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासमा चक्रेको बयान सुरु भएको छ ।

    चक्रेको बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएको अवस्थामै धरौटीमा छाड्ने, साधारण तारेखमा बाहिर राख्ने वा पुर्पक्षका लागि कारगार चलान गर्ने मध्ये एक आदेश आउने छ ।

    चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

    सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरीपछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।

    त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १३:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij