Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सन नेपाल लाइफको कुल व्यापार साढे ४ अर्ब माथि, ३२.६८%ले बढ्यो जीवन बीमा कोष

सन नेपाल लाइफको कुल व्यापार साढे ४ अर्ब माथि, ३२.६८%ले बढ्यो जीवन बीमा कोष


  • 1.1K
    Shares

    सन नेपाल लाइफको कुल व्यापार साढे ४ अर्ब माथि, ३२.६८%ले बढ्यो जीवन बीमा कोष

    काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीको जीवन बीमा कोष १० अर्ब १० करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ६० करोड ५३ लाख रुपैयाँको तुलनामा ३२.६८ प्रतिशतले बढी हो।

    कम्पनीले ४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको तुलनामा १६.८३ प्रतिशतले बढी हो। खुद बीमाशुल्क आर्जन ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा २५.३० प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा वर्षमा ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा नाफा ५.६५ प्रतिशतले घटे पनि कम्पनीले आफ्नो वित्तीय कोषलाई बलियो बनाउन सफल भएको छ। महाविपत्ति कोषमा १९ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९८ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २९ लाख रुपैयाँ कायम भएको छ। 

    कम्पनीको शेयरपुँजी ५ अर्ब ८६ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.२२ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ पुगेको छ। पीई रेसियो ४३.७२ गुणा रहेको छ।

     

     

     

     

    images
    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १३:०९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij