२०८२ भाद्र ४ गते बुधवार
नेपाली युवकसँग बिहे गरेकी विवादास्पद पाकिस्तानी टिकटकर एलिजे जमेलीलाई सुरक्षा निकायले निगरानीमा राखेका छन्। उनका कतिपय गतिविधि शंकास्पद भेटिएका छन् ।
विगतमा उनी दुबईमा बसेकी थिइन्। उनको नेपाल आगमन र बसाई शंकास्पद देखिएको स्रोत बताउँछ । पाकिस्तानी दूतावाससँग पनि उनको बिशेष सम्बन्ध छ । कतै नेपालसँग निकट भएर कुनै देशविरोधी गतिविधिमा लाग्नसक्ने भएकाले निगरानीमा राखिएको स्रोत बताउँछ । बिहीबार उनी श्रीमानसहित पाकिस्तानी दूतावास गएर राजदूत भेटेकी थिइन्। उनको पृष्ठभुमीबारे अध्ययन भइरहेको एक उच्च प्रहरी अधिकारीले बताइन् ।
हालै उनी बुढानिलकण्ठमा घर किनेर बसेकी छिन्। आमालाई घरमा बस्न नदिएको तथा गालीगलौच गरेको विषयमा उनीहरुबिरुद्ध अदालतमा मुद्दा समेत परेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij