Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साङ्लोको दूध गाईको दूधभन्दा ३ गुणा बढी स्वास्थ्यकर

साङ्लोको दूध गाईको दूधभन्दा ३ गुणा बढी स्वास्थ्यकर


  • 2.9K
    Shares

    साङ्लोको दूध गाईको दूधभन्दा ३ गुणा बढी स्वास्थ्यकर

    काठमाडौँ । डिप्लोप्टेरा पङ्क्टेटा नामक साङ्लो प्रजातिले उत्पादन गर्ने दूध गाईको दूधभन्दा तीन गुणा बढी पौष्टिक हुन्छ भनेर हालै वैज्ञानिकहरूले भनेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार, यो दूध प्रोटिन, बोसो र चिनीले भरिपूर्ण हुन्छ । 

    यो दूधलाई उनीहरूले पृथ्वीको सबैभन्दा पौष्टिक खाना भनेका छन् । यस दूधमा शरीरको लागि आवश्यक पर्ने सबै ९ एमिनो एसिडहरू हुन्छन् ।

    ल्याक्टोज–रहित भएकोले ल्याक्टोजसँग एलर्जी भएका मानिसहरूका लागि पनि यो दूध पिउन योग्य हुन्छ । तर दूध निकाल्ने जटिल प्रक्रियाका कारण यो दूध बजारमा उपलब्ध भने छैन । ठुलो मात्रामा परीक्षणको अभावका कारण, यो दूध मानिसका लागि पूर्ण रूपमा सुरक्षित छ कि छैन भनेर प्रमाणित भइसकेको छैन । 

    यस दूधको १०० ग्राममा लगभग ७०० क्यालोरी हुन्छ, जुन गाईको दूधभन्दा तीन गुणा बढी हो । यसको अत्यधिक सेवनले तौल बढाउन सक्ने अनुसन्धानकर्ताहरूले भनेका छन् । अध्ययनका अनुसार, १०० ग्राम दूधको लागि १,००० भन्दा बढी पोथी साङ्लो चाहिन्छ । 

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १९:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij