२०८२ माघ १४ गते बुधवार
काठमाडौं । रसुवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २१ जना भएको छ ।
रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ८४३५ बस बिहीबार रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि काठमाडौँ ल्याएको छ भने १७ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
रसुवा आमाछोदिङ्मो गाउँपालिका(१ नेसिङ बस्ने २० वर्षीया प्रिस्किला तामाङ, आमाछोदिङ्मो-१ का ५१ वर्षीया दावा साङ्मो तामाङ, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेशीका ५२ वर्षीया पासाङ बुटी शेर्पा र उनको छोरी २ महिनाको शिशुलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
रसुवाकी गंगा पौडेल, जुनिसा तामाङ, तेन्चेन मेन्दु तामाङ, सुनिता तामाङ, दावा घले, बिवश लोप्चन, गणेश पौडेल, सोना तामाङ, नुवाकोटका गणेश सुनार, राजकुमार सेन्चुरी, बुद्दि विक, सीता पौडेल, सुजन सुनार, धादिङका सम्बर लामा, राम माया घले र सिन्धुलीका दिपेश परियार घाइते भएका छन् । उनीहरू सबलाई त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij