२०८२ माघ १४ गते बुधवार
काठमाडौं । रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए ।
त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव वस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ता विशाल पाण्डेले बताएका छन् । रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७ औँ स्थानमा पर्छ ।
उक्त सर्पको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुन्छ भने रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो(खैरो पृष्ठभूमिमा ठुला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छ।
जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरै जना यसलाई देख्दा अजिंगर सर्प भनेर झुक्किने गर्छन् ।
यो सर्प नेपालमा मुख्यत तराईका तातो र सुख्खा क्षेत्रमा पाइने पौडेल बताएका छन् । उनका अनुसार रुपन्देहीको भैरहवा वरिपरि, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij