Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

रवि लामिछाने थुनिएको कोठाबाट प्लाइउड हटाइ जाली राखियो

रवि लामिछाने थुनिएको कोठाबाट प्लाइउड हटाइ जाली राखियो


  • 1.2K
    Shares

    • images
    रवि लामिछाने थुनिएको कोठाबाट प्लाइउड हटाइ जाली राखियो

    काठमाडौं । भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको कोठामा रहेको प्लाइउड हटाएर जाली राखेको छ। 

    कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिएको हो।

    उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ। निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कारागार प्रशासनले बिरामी बन्दीहरूको स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा आवश्यकताअनुसार स्थानान्तरणसमेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको छ।

    सबै बन्दीहरूबीच मेलमिलाप कायम गरी शान्ति-सुरक्षा र मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १३:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij