Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संघीय राजधानी काठमाडौंको सडक महिनौंदेखि हिलाम्मे (तस्बिरहरू)

संघीय राजधानी काठमाडौंको सडक महिनौंदेखि हिलाम्मे (तस्बिरहरू)


  • 533
    Shares

    संघीय राजधानी काठमाडौंको सडक महिनौंदेखि हिलाम्मे (तस्बिरहरू)
    images

    काठमाडौं । काठमाडौंकै ३१ नं वडाको शंखमुल गणेशमार्गको सडक  महिनौँदेखि हिलाम्मे छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

    ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिएका छन् । 

    उक्त सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

    २०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।

    स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरेको बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जानकारी दिएका छन् । 

    san444.jpg

    san 111.jpg

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १०:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij