२०८२ माघ १५ गते बिहिवार
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ ।
यसअघि असार १३ गते प्रकाशित भएको नतिजामा अनुत्तीर्ण भएका परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार उक्त नतिजाबाट एक लाख ६७ हजार जना परीक्षामा अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका थिए ।
सोही विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागिएको हो तर परीक्षाका लागि योग्यमध्ये जम्मा एक लाख ४२ हजार ८५३ जनाले मात्रै परीक्षामा सहभागी हुन फाराम भरेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij