Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते

म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते


  • 1.2K
    Shares

    म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते

    म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

    मालिका गाउँपालिका-५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दरवाङबाट रुन्मातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

    दुर्घटनामा गाडीका चालक मालिका-५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्। उनीहरुको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - ०७:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij