Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन : ओली

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन : ओली


  • 820
    Shares

    बहुविवाहलाई मान्यता प्रदान गरिने छैन : ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताएका छन् । 

    बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताए । सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे । 

    “हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ?,” उनले भने, “बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।”

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १५:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij