२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।
झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिएका छन् ।
सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ । सुधार गृहमा २४९ जना बालकहरू रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij