२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन स्थलमा हातहाल भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हातहाल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन्। सम्बोधनको क्रममा उनले हालै भएको तुर्कमेनिस्तानको भ्रमणबारे जानकारी गराए। लगत्तै उनले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उक्त पार्टीका सांसदहरूमाथि खनिए।
म संसद्मा सरकारले के काम गर्यो भन्ने प्रश्न उठोस् भन्ने चाहन्थे। यस्ता कप्टी बहसले देशलाई कहाँ लैजान खोजिएको छरु केही गरौँ भन्ने पनि होइन। गालिगलौज र उत्तेजनालाई प्रेरित गरिन्छु उनले भने। त्यस्तै देश र जनताको हितमा केन्द्रित बहस गर्नुपर्नेमा सोसल मिडियालाई कन्टेन्ट दिने काम मात्रै भएको उनको भनाइ छ।
त्यस्तै रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे टिप्पणी गरे।
आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन्। देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ, उनले भने, के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो रु पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि१ु
सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै ओलीले आपत्ति जनाए।
लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ, उनले भने, तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो रु त्यो चाहिँ कानुनी कारवाही हो रु अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो रु कुनकुन व्यक्तिमाथिको थुना जायज हो रु भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ।
अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै दुई समूहका युवाहरू होहल्ला गर्दै हातहाल गरेका थिए। विवाद बढेपछि अधिवेशन कार्यक्रम नै स्थगित भएको छ। कार्यक्रममा लिङ्देनकै अगाडि राणापक्षका युवाहरूले उनीविरुद्ध नाराबाजी गरेपछि उठेर यो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित भएको सूचना सुनाए।
अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेताहरू छुट्टाछुट्टै छलफलमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij