Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित


  • 526
    Shares

    भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित
    images

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ ।

    बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो । तर, स्थगित भयो ।विधेयकको प्रतिवेदनमा छलफल चलिरहेकोले बैठक स्थगित भएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । मंगलबारको बैठक पनि स्थगित भएको थियो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

    कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर समेत असन्तुष्टि जनाएका थिए । यही बेला लगातार बैठक स्थगित भएको हो ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १३:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij