Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

झुम्का कारागारबाट भागे कैदी

झुम्का कारागारबाट भागे कैदी


  • 1.3K
    Shares

    • images
    झुम्का कारागारबाट भागे कैदी

    काठमाडौं ।  सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेल बुधबार बिहान कारागारको वाल चढेर भागेका हुन्।

    कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्। उनले मुढा बनाउने उद्योग छेउका बाँसका सामानहरू प्रयोग गरी वाल नाघेको बताइएको छ। भागेका खत्रीलाई प्रहरी परिचालन गरेर खोजतलास भइरहेको छ।

    सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १२:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij