२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेल बुधबार बिहान कारागारको वाल चढेर भागेका हुन्।
कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्। उनले मुढा बनाउने उद्योग छेउका बाँसका सामानहरू प्रयोग गरी वाल नाघेको बताइएको छ। भागेका खत्रीलाई प्रहरी परिचालन गरेर खोजतलास भइरहेको छ।
सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij