Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न बन्याे समिति

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न बन्याे समिति


  • 582
    Shares

    कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न बन्याे समिति
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताएका छन् । बुधवार कानुन, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै यस्तो बताएका हुन् । 

    सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताएका छन् । छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानुनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरू कार्यहरू गर्ने गरी समिति बनाइएको बताएका छन् ।  कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताएका छन् । 
     
    अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौँ ल्याइ दुई जनाको ट्रमा सेन्टर  र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको र बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको लेखकले बताएका छन् ।  

    मृतक बन्दीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताएका छन् । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताएका छन् । 

    साउन २२ गते राति दुई वटा ब्लक छुट्टाउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरूलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताएका छन् ।  कारागरामा बन्दीहरूको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरूको नेतृत्वकर्ताहरू १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरूको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरूलाई सम्झाउने लगायतका कार्य भएको बताएका छन् । 

    गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताएका छन्  भने  कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको आगामी दिनमा दुःखद घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभूत गरिएको बताएका छन् ।  । 

    आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको लेखकले बताएका छन् ।  बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको पनि बताएका छन् । घटनाका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरिएको र छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही हुने बताएका छन् । 

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १२:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij