२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणिकरण गर्न नसक्ने उनले बताएका छन् ।
१६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाएका छन् ।
राजीनामा दिए पनि केन्द्रको प्रगति, पूर्वकार्यकारी निर्देशक गगन थापा, डा. प्रदीप पौडेललगायतको सपना र संघीय सरकारको स्वास्थ्य सेवाप्रति प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । डा.रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन् ।
उनले राजीनामा पत्रमा भनेका छन्, ‘ शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु ।’
तर, अस्पताल प्रशासनले भने डा। कोइरालाले राजीनामा भने नदिएको जनाएको छ । ‘उहाँको छोरी अमेरिकामा बस्नुहुन्छ’, अस्पताल प्रमुख डा.रवि मल्लले भने, ‘ छोरीसँग भेट गर्ने भन्दै घरयासी बिदा ४१ दिनको मागेर जानुभएको हो ।’
डा। कोइरालाले बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । तर, सरकारले उनलाई प्रतिष्ठान जिम्मेवारी नदिएका कारण असन्तुष्टि भएर राजीनामा दिएको बुझिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij