Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

चक्रे मिलन समूहका १९ जनाको आज थनुछेक बहस

चक्रे मिलन समूहका १९ जनाको आज थनुछेक बहस


  • 1.0K
    Shares

    चक्रे मिलन समूहका १९ जनाको आज थनुछेक बहस

    काठमाडौं । चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा आज बुधवार थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो ।

    सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको थियो । साउन १५ मा राजधानीको साम्बाला होटलबाट पक्राउ परेका १९ जनालाई प्रतिवादी बनाइएको छ ।

    अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले बताएका छन् । पटके कसुदारको हकमा थप सजाय मागदावी गरिएको छ ।

    सरकारी वकिलले चक्रे, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रतिवादी कायम गरेको छ । 

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - ११:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij