Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

हत्या गरी फ्यालेको अवस्थामा निर्माण भइरहेको घरभित्र दुईजना मृत भेटिए

हत्या गरी फ्यालेको अवस्थामा निर्माण भइरहेको घरभित्र दुईजना मृत भेटिए


  • 1.3K
    Shares

    • images
    हत्या गरी फ्यालेको अवस्थामा निर्माण भइरहेको घरभित्र दुईजना मृत भेटिए

    धरान ।  सुनसरीको दुहबी नगरपालिका-४ मा दुईजना पुरुषको हत्या गरिएको छ । निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर  गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । 

    उनका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको  डीएसपी खतिवडाले बताए । 

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - ११:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij