२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । खोलामा बगेर झापाको दमक-१०, जहदाका इन्द्र प्रसाईंका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ ।
आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् ।
प्रहरी निरीक्षक नवीन राईका अनुसार, बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij